जन सरोकार

बाटो पिच नगरेपछि प्रचण्डका घरबेटी ठेकेदारबिरुद्ध उत्रिए सुनाकोठीबासी सडकमा

सुनाठूलाठूला ठेक्का लिने शैलुङ कन्स्ट्रक्सन कम्पनीले उपत्यकाको ललितपुरस्थित सुनाकोठीको दुई किलोमिटर बाटो ठेक्का सम्झौता बमोजिम निर्माण नगर्दा सो क्षेत्रका बासिन्दा पुनः आन्दोलित भएका छन् । उनीहरुले आइतबारदेखि सडक अबरुद्ध गरेर आन्दोलनमा उत्रेका छन् ।

ललितपुर महानगरपालिका(२७ नम्बर वडाको सुनाकोठी क्षेत्र अहिले धुलाम्य त छ नै, बाटोमा ठूलठूला खाल्डा पनि । सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रोप्राइटर शारदाप्रसाद अधिकारी हुन् । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अधिकारीकै घरमा बस्नुहुन्छ ।
स्थानीयका अनुसार यस्तो बाटोका कारण आवागमन असहज छ, जनताको स्वास्थ्य नै बिग्रिन थालेको छ । वडाध्यक्ष बाबुराजा महर्जनका अनुसार यो बाटो कान्ति लोकपथ अन्तर्गत हो । ललितपुर महानगरपालिका २७ को सुनाकोठीमा मात्र पर्ने बिग्रिएको बाटोको क्षेत्रफल करिब दुई किलोमिटर छ ।

ठेकेदार कम्पनी र सडक विभागबीच यो बाटो २२ मिटर चौडा पार्ने सम्झौता छ । अहिले उक्त बाटो ८ मिटर चौडाको हो । महर्जनका अनुसार तत्कालै २२ मिटर फराकिलो पार्न नसकिए पनि ८ मिटर चौडामा रहेको अहिलेको बाटोलाई मर्मत गरेर जनजीवन सहज पार्न ठेकेदार कम्पनीलाई अनुरोध कति गरियो, गरियो । ठेकेदारले दसैंसम्ममा बाटो पिच गरेर आवागमन सहज पारिदिने बचन दिएका थिए । तर, दसैं सकियो बाटोमा ठेकेदारको मुख देख्न पाएको छैन ।

वडाध्यक्ष र प्रदेश सभा सांसद सम्मिलित बैठकले दबाब दिएपछि शैलुङ कम्पनीले असोज १ गतेदेखि बाटो कालोपत्रे सुरू गर्ने बचन दिएको थियो । ठेकेदार ‘हराए‘पछि अहिले स्थानीयले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेर बाटो बनाउन दबाब दिनु परेको छ ।

ठेकेदार अधिकारीले बाटो नबनाएको विरोधमा आइतबारदेखि आन्दोलनका कार्यक्रम नै सार्वजनिक गर्न बाध्य भएको त्यसक्षेत्रका स्थानीयले बताएका छन् । यसअघि असारमै एक दुई दिन बाटो बन्द गरिएपछि बाटो कालोपत्रे गर्ने शर्त भयो । ठेकेदारले देखावटीको लागि केही दिन काम गर्‍यो त्यसपछि जस्ताको तस्तै ।

तस्वीर र समाचार स्रोत सेतोपाटी डटकम

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.