जल/वातावरण

वाग्मती सफाई अभियान चलिरहेका बेला कारबाट सुर्तीको खोल फालेपछि…

भनिन्छ, शहरमा बस्ने, मोटर, कारमा सवार हुनेहरु सभ्य र सुग्घरी हुन्छन् । तर हैन, उनीहरु बाहिरबाट सफा देखिए पनि भित्री रुपमा भने असभ्य र फोहोरी हुन्छन् भन्ने दृष्टान्त शनिबार देखियो । शनिबार वाग्मी सफाई अभियान चलिरहेका बेला वाग्मती किनारको सडकबाट कार चलाएर हिँड्नेले सुर्ती खाई खोल नदी किनारमा फालेर फोहर गरेपछि अभियानकर्मीले चालकलाई कारबाट झारेर फोहर सफा गर्न लगाएका छन् ।

वाग्मती सफाइ महाभियानको ३९० औँ हप्तामा शङ्खमूल नदी किनारमा वा ७ च २४७५ नंको कार चालकले सुर्ती खाएर खोल नदी किनारमा फालेको देखेपछि अभियानकर्मी डा लक्ष्मी पौडेल नेतृत्वको समूहले फोहर टिप्न लगाएको हो ।

शङ्खमूल क्षेत्रको वाग्मती र मनोहरा नदी किनारको दोभान क्षेत्रमा ३९० औँ हप्ताको सफाइ अभियान सम्पन्न भएको छ । सफाइ गरी कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले सुनाउनुभयो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.