जापान

पसलमा लुटपाट गरेको आरोपमा तीन नेपाली पक्राउ, आरोपीद्वारा अभियोग अस्वीकार

धारिलो हतियार देखाएर एउटा पसलमा लुटपाट गरेको आरोपमा फुकुओकाबाट तीन नेपाली पक्राउ परेका छन् । उनीहरुले एक अशक्त जापानी नागरिकसंग झगडा गरेको पनि बताइएको छ ।

समाचार अनुसार २४ घण्टा खुल्ने पसलमा काम गर्ने कर्मचारीलाई हतियार देखाएर वियरलगायतका सामान लुटपाट गरेको जापानी सञ्‍चार माध्यमले जनाएका छन् ।

लुटपाटमा संलग्न उनीहरू एउटै कोठामा बस्ने गरेको र तीन जनामध्ये दुई जनालाई पसलबाट र एक जनालाई भागेको अवस्थामा नजिकैबाट पक्राउ गरिएको हो ।

समाचारमा तीनै जना नेपालीले आरोप अस्वीकार गरेको बताइएको छ । उनीहरूबारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button