जापान

जापानको तल्लो सदनमा सत्तारुढ एलडीपीको स्पष्ट बहुमत

जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)ले स्पष्ट बहुमत हाँसिल गरेको छ । एलडीपीले गठबन्धनबिना नै बहुमत हाँसिल गरेपछि सरकार झन शक्तिशाली बनेको छ ।

जापानको शक्तिशाली तल्लो सदनको ४ सय ६५ सिटमा एलडीपीले २ सय ६१ स्थानमा विजय प्राप्त गरेको छ । स्पष्ट बहुमत पाए पनि सत्तारुढ दलले यसअघिको १५ सिट गुमाएको छ । त्यस्तै गठबन्धन कोमोइतोले ३२ स्थानमा विजय प्राप्त गरेको छ ।

गठबन्धनको विपक्षमा निर्वाचनमा सामेल कन्टिच्यूशनल डेमोक्रेटिक पार्टी ९६ सिटमा विजयी हुँदै प्रमुख प्रतिपक्षी बनेको छ । उसले यसअघिको तुलनामा १३ सिट गुमाएको छ ।

त्यस्तै निपेन इशिन जापान इन्नोवेशन पार्टीले पहिलेको भन्दा तीन गुणा बढी स्थानमा विजय हुँदै आफ्नो प्रभाव विस्तार गरेको छ । उसले ४१ सिटमा विजय हात पार्यो ।

यसै गरी कम्युनिष्ट पार्टीले १०, डेमोक्रेटिक फर पिपुलले ११, स्वतन्त्र उम्मेदवार १० जना, रेवा सेन्सगुमीले ३ प्रजातान्त्रिक समाजवादीले १ स्थानमा विजयी भएका छन् ।

निर्वाचनअघि विपक्षी दलहरूविरुद्ध ४६५ मध्ये कम्तीमा २३३ सीट प्राप्त गर्दै सत्ताधारी गठबन्धनले संसद्मा शक्तिशाली प्रतिनिधिसभामा आफ्नो बहुमत कायम राख्ने प्रक्षेपण गरिएको थियो । गठबन्धन बाहेक सत्तारुढ दल एक्लैले बहुमत ल्याउँदा अब कुनै पनि विधेयक पारित गर्न सरकारलाई सजिलो भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.