कोशीप्रदेश

प्रदेश नं १ को मुख्यमन्त्रीमा राईलाई गठबन्धन दलको पत्रसहित समर्थन

प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत (समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धन दलको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेशसभाको बैठकमा राजीनामा दिएको घोषणा गर्नुभएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्रीमा दावी आव्हान गरेपछि नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राईलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलले हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा आज बुझाएको छ ।

गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा एकीकृत (समाजवादी)का १०, नेकपा (माओवादी केन्द्र)का १५, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक गरी ५० जनाको हस्ताक्षरसहितको पत्र बुझाइएको हो ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेशसभाको बैठकमा राजीनामा दिएको घोषणा गर्नुभएपछि सो आह्वान भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.