जन सरोकार

कुलेश्वरमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ

बैंकिंग कारोबार सरल बनाउन राखिएका एटिएम मेसिनबाट कार्ड प्रयोग गरेर पैसा चोरी भएका घटना त धेरै नै छन् तर अब एटीएम मेसिन नै फुटाउनेहरु सक्रिय भएको पाइएको छ । आइतबार राति प्रहरीले एक युवकलाई मेसिन फोडिरहेको अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ

समाचार अनुसार काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

Back to top button