जन सरोकारस्वास्थ्य

खोप लगाएर मात्र उपत्यकाबाट बाहिरिन अनुरोध

कोरोना संक्रमण पुनः फैलन सक्ने भन्दै सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ ।

पछिल्लो समय संक्रमादर न्यून हुँदै गएपछि भीडभाड गर्ने, मास्क नगाउने जस्ता सुरक्षा मापदड पालनामा लापरवाही बढिरहेको छ ।

केन्द्रीय सुरक्षा समितिले पनि चाडबाडमा भीडभाड नगर्न आग्रह गरिसकेको सन्दर्भमा काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ जान आग्रह गरेको हो ।

सरकारले उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button