जन सरोकार

नेपालगञ्ज विमानस्थलमा जहाजसँग बँदेल ठोक्कियो

नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने तयारी गरिहेको सिता एयरको विमान अकस्मात बँदेलसंग ठक्कर खान पुगेको छ । मंगलबार विहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा जहाज बँदेलसँग ठक्कर खाएको हो ।

विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग ठक्कर खाएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको र जहाजको अगाडिको टायरमा प्वाल परेको छ ।

जहाजलाई पार्किङ गरेर राखिएको विमानस्थल स्रोतले जानकारी दिएको छ। यात्रु र चालक सकुशल छन् । करिब आधा घन्टा विमानस्थल बन्द गरिएकोमा अहिले सुचारू भइसकेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.