जापानको तोचिगीमा सम्पन्न चौथो एम्बेसी कप क्रिकेटको उपाधी नेपालले हात पारेको छ । अक्टोवर ३० र ३१ तारिक सम्पन्न जापानमा रहेका आठ देशका सहभागी टिमलाई पराजित गर्दै नेपालले उपाधी हात पारेको हो ।

फाइनल खेलमा नेपालले बेलायती टोलीलाई आठ विकेटले हराउदै उपाधी हात पारेको हो । २० ओभरको खेलमा बेलायतलाई ९२ रनमा समेटदै नेपालले सो लक्ष्य दुई विकेटको क्षतिमा पार गरेको थियो ।
जितका लागि क्याप्टेन अजय ठाकुरले ५७ बलमा ३६ रन जोडेका थिए भने पंकज चन्दले २७ बलमा २२ रन जोडन सफल भए। यता जितका लागि अन्तिम समयमा २१ बलमा ३ चौका सहित २४ रन लिएका विकासजंग केसीको योगदान निर्णायक रहयो। खेलको म्यानअफद म्याच सुजन वास्तोला बने ।
सुजनले बेलायतको ३ ओभरमा १४ रन दिदै चार विकेट हात पारेका थिए। यस्तै अभिषेक केसीले ४ ओभरमा १७ रन दिएर २ विकेट झारेका थिए भने रोशन दंगालले ४ ओभरमा १९ रन दिएर एक विकेट पतन गराएका थिए ।
पहिलो खेलमा नेपालले बंगलादेशलाई पनि ८ विकेटले पराजित गरेको थियो। चार टिमको ग्रुप बी मा रहेको नेपालले अष्ट्रेलिया तथा न्यूजिल्याण्डको संयुक्त टिमलाई जितेको बंगलादेशलाई हराउदै फाईनल पुगेको थियो ।
प्रतिक्रिया राख्नुहोस्