राजनीति

न्यायालयको समस्या त्यहीँभित्रैबाट समाधान हुनुपछ

न्यायपालिकामा देखिएको पछिल्लो समस्या समाधानमा सरकार र सत्तारुण् गठबन्धन मौन बसिरहेका बेला कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिकाले नै समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभएको छ ।

मन्त्री बुले मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको छलफल कार्यक्रममा न्यायालयको समस्या त्यहीँभित्रैबाट समाधान हुनुपर्ने बताउँदै न्यायपालिकामाथि जनताको आस्थामा कमी आउन हुँदैन भन्ने पक्षमा आफूहरु रहेको प्रष्ट पार्नुभयो ।

पछिल्लो केही दिनयता सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएसन लगायत कानुन क्षेत्रका विभिन्न व्यक्ति र संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन दबाब दिइरहेका बेला मन्त्री बडुले जनताको न्याय पाउने अधिकारलाई न्यायालयले सम्मान गर्नुपर्ने पनि बताउनुभयो ।

प्रधानन्यायाधीशले मन्त्रिपरिषद र संवैधानिक आयोगहरुमा भागवण्डा लिएको, न्यायपालिकामा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै उहाँको राजीनामा माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button