कोशीप्रदेश

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा शपथ

प्रदेश १ का मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईले शपथ लिनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राईलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । मंगलबार नै मुख्यमन्त्रीसंगै सत्ता गठबन्धनका ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

शपथ लिनेमा नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री हुनुहन्छ ।

त्यसै गरी जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमको शपथ लिनुभएको छ ।

हिजो सोमबार भीम आचार्यले अल्पमतमा परेपछि मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.