कर्णालीप्रदेश

जीवनबहादुर शाहीद्वारा कर्णालीको मुख्यमन्त्रमा दावी पेश

कर्णाली प्रदेश सरकार आलोपालो चलाउने गठबन्धनको सहमति अनुसार सोमबार मुख्यमन्त्रीबाट महेन्द्रबहादर शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले बहुमतको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ ।

शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी)का ३ सांसद गरी २१ सांसदलेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो

कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय रहेकाले मुख्यमन्त्रीमा दावी पेश गर्न १८ सांसदको समर्थन भए पुग्छ । दावी पेश भएसंगै आजै साँझ ८ बजे मुख्यमन्त्री शाहीले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख कलौनीले सोमबार बेलुका संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button