खेलजापानविविध

नोभेम्बर २२ मा नेपाल भलिबल संघ जापानको दोस्रो अधिवेशन

नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बर २२ तारिक मंगलवार हुने भएको छ । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

सन २०१७ सालमा स्थापना भएको संघको मंगलबार सम्पन्न बैठकले दोस्रो अधिवेशन नोभेम्बर २२ तारिक मंगलवारका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा गरिने निर्णय गरेको शाखाका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिनुभयो ।

अधिवेशनलाई सफल पार्नका लागि साथै कुशल नेतृत्व चयन गर्नका लागि नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविन गुरुङको संयोजकत्वमा निर्वाचन समिति र अध्यक्ष रत्नसिंह बस्नेतको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको समेत मगरले जानकारी दिनुभयो ।

२०२२(२०२४ को कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने अधिवेशनले सबैको अपनत्व हुने गरी भलिवल क्षेत्रको मर्म र भावना अनुसार संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको संयोजक नविन गरुङले बताउनुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका खेलाडी, खेलकुदप्रेमी र विभिन्न संघसंस्था बिचमा समन्वय, साझेदारी एवं सहकार्यको वातावरण सृजना गरी भलिबलको विश्वव्यापी मूल्य र मान्यता अनुसार संस्थाले स्थापना कालदेखि नै खुल्ला रनिङ कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

भलिबल नेपालमा सर्वाधिक लोकप्रिय तथा राष्ट्रिय खेल भलिबल भौगोलिक रुपमा सुहाउँदो र ७७ वटै जिल्लामा खेलिने खेल हो भलिबल । त्यसैले पछिल्लो समयमा भलिबल नेपालमा पनि टोल टोलदेखि वडा हुँदै विभिन्न स्तरका प्रतियोगिता समेत हुँदै आएका छन् ।

नेपाल सरकारबाटै नेपालको राष्ट्रिय खेलको दर्जा प्राप्त गरेपछि भलिबल खेलको लोकप्रियता नेपालमा दिन प्रतिदिन झन् बढदो क्रममा रहेको र जापनमा पनि त्यो लोकप्रियतालाई अझै उचाईमा पुराएको अध्यक्ष बस्नेतको भनाई छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.