राजनीति

खुलामञ्चमा खाना खुवाउन कसले रोक्दो रहेछ ? साझा पार्टीबाट खाना खुवाउने घोषणा

कोरोना संक्रमणका कारण कामकाज गुमाएर भोकभोकै परेका निमुखा तथा विपन्न वर्गको पेट भर्ने जिम्मा सरकारको हुनुपर्नेमा सरकार समाजसेवीहरुले खाना खुवाएको कार्यलाई समेत रोक लगाएपछि चौतर्फी आक्रोश उत्पन्न भएको छ ।



लामो समयदेखि काठमाडौंको खुलामञ्चमा अभियानकारीहरुले सयौं व्यक्तिलाई दैनिक खाना खुवाइरहँदा सरकारको बेइज्जत भयो भन्दै काठमाडौं महानगरपालिकाले सो कार्यमा रोक लगाएपछि सरकारको समाजवादी नीति छताछुल्ल भएको छ ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने कार्य बन्द गर्न निर्देशनन दिएलगत्तै साझा पार्टी नेपालले कडा चेतावनी दिंदै सो निर्णयको भत्र्सना गरेको छ । पार्टीले बुधबार खुलामञ्चमा खाना खुवाउने घोषणा गर्दै चुनौति दिएको छ ।

पार्टी शरदराज पाठकले मंगलबार एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुर्नेमा नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको ठहर गरिएको छ ।

विज्ञप्तिमा सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने घोषणा गरिएको छ ।

विज्ञप्तिमा शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले भन्दै चुनौति दिइएको छ ।

विज्ञप्तिमा साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र भएको बताउँदै नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न साझा पार्टीले अपील पनि गरेको छ ।

सम्बन्धित खबर

Back to top button