राजनीति

एकै दिन दुई प्रदेशमा नयाँ मुख्यमन्त्री

मंगलबार एकै दिन दुई प्रदेशमा नयाँ सरकार गठन भएको छ । गठबन्धनका तर्फबाट प्रदेश १ मा नेकपा (एस)का राजेन्द्र राई र कर्णाली प्रदेशमा नेपाली कांग्रेसका जीवनबहादुर शाहीले मुख्यमन्त्रीको शपथ लिनुभयो ।

राईले दिउँसो शथि लिएर सानो मन्त्रिमण्डल बनाउनुभयो भने कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले राति शपथ लिनुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका छ, नेकपा (माओवादी केन्द्र) का १२ र नेकपा (एकीकृत समाजवादी) को तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा आज दिउँसो ४ः०० बजे मुख्यमन्त्रीमा नेता शाहीले प्रदेश प्रमुख कलौनीसमक्ष दाबी पेस गर्नुभएको थियो ।

साँझ ७ः३० बजेको समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेस भएपछि प्रदेश प्रमुख कलौनीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कर्णाली प्रदेशसभामा हाल ३५ सदस्य छन् । सत्ता गठबन्धन दलमध्ये कांग्रेसका छ, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी) का तीन प्रदेशसभा सदस्य गरी २१ जना छन् । प्रदेशसभामा नेकपा एमालेका भने सभामुखसहित १३ र राप्रपाका एक सदस्य रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button