नेपाललाई कोरोना भाइरस बिरुद्धको खोपका लागि हालसम्म सबैभन्दा बढी अनुदान दिएको चीनले थप १६ लाख मात्र भेरोसेल खोप सहयोग गरेको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गर्नुभएको छ ।
खोप हस्तान्तरणपछि स्वास्थ्यमन्त्री खतिवडाले कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खोप खरीद गर्न कोभ्याक्सलाई आवेदन दिएको जानकारी दिनुभयो ।
चिनीयाँ राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने बताउनुभयो । राजदूत यान्छीले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्ने र उक्त खोप डिसेम्बर ५ मा आइपुग्ने जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ सचिव रोशन पोखरेलले चीनले नेपालको महामारी नियन्त्रणमा सहयोग गरेकाले धन्यवाद दिँदै अन्य सहयोग प्राप्त गर्नेमा आशावादी रहेको बताउनुभयो ।
चीनबाट हालसम्म पटकपटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरूआउने प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्