कर्णालीप्रदेश

दुई वर्षभित्रमा कर्णालीका सबै जिल्लामा विद्युतीकरण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र कर्णाली प्रदेशका जिल्लाको विद्युतीकरण सम्पन्न हुने बताउनुभएको छ ।

उहाँले ५६ दशमलव ७९ प्रतिशत विद्युतीकरण भएको कर्णाली प्रदेशमा पर्ने जिल्लाको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको जानकारी दिनुभएको हो ।

कार्यकारी निर्देशक घिसिङले कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा कम्तिमा पनि दुई, दुई मेगावाटका सौर्य ऊर्जा प्लान्ट राख्ने पनि बताउनुभयो ।

त्यसै गरी उहाँले एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैंक (इआइबी)बाट करिब २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरणको काम भैरहेको बताउनुभएको छ ।

यी क्षेत्रमा विद्युतीकरणका लागि सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर विद्युतको पहुुँच विस्तारमा खर्च भइरहेको पनि कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम–पश्चिम, जाजरकोट, कालीकोट र जुम्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) तथा हुम्ला, मुगु र डोल्पामा लघु जलविद्युतमार्फत विद्युत् आपूर्ति गरिरहेको छ । मुगुमा यस वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पुग्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.