सूचना/प्रविधि

रुग्ण उद्योग संचालन गरी औद्योगिक क्रान्ति ल्याउँदै राष्ट्रिय आविस्कार केन्द्र

सरकारले कृषि औजार कारखाना संचालनको जिम्मा राष्ट्रिय आविस्कार केन्द्रलाई दिने निर्णय गरी लिखित सम्झौता समेत भएपछि अहिले केन्द्रका इञ्जिनियरहरु कारखानामा व्यस्त रहेका छन् ।

दुई महिना अघि अर्थ सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गर्दै अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको थियो ।

आविस्कार केन्द्रले आफ्ना लागि ठूलो चुनौति, जिम्मेवारी र भावी बाटो तय गर्ने आधारका रुपमा लिएको कारखाना संचालनका लागि अहिले युद्धस्तरमा काम गरिरहेको छ ।

गत ३१ भदौको मन्त्रिपरिषद् बैठकले करिब तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

सम्झौताअनुसार आविष्कार केन्द्रले कारखानाको सञ्चालन जिम्मा १० वर्षका लागि पाएको छ । योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरण लगायतका कामसहित आविष्कार केन्द्रले १० वर्षसम्म सञ्चालनको जिम्मा पाएको हो ।

कारखानाको मर्मत सम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलो पटक सरकारले गर्नेछ । यस्तै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन एवम् आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्न पाउनेछ ।

औजार बिक्रीबाट कर पश्चातको रकमको ५० प्रतिशत ‘राष्ट्रिय आविष्कार केन्द्र कोष’ खडा गरी त्यहाँ रहनेछ भने बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।

आविस्कार केन्द्रका इञ्जिनियरहरु अहिले कारखानाको भुई, भित्तादेखि मेसिनहरु सरसफाई, मर्मत र परीक्षणमा व्यस्त रहेका छन् । तीन दशकदेखि लगभग मृत अवस्थामा रहेको वीगञ्जस्थित कृषि औजार कारखाना संचालनमा आए यसले नेपालको औद्योगिक क्षेत्रमा क्रान्ति नै ल्याउने आम अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.