क्रिकेटखेल

ट्वान्टी २० विश्वकप एसिया छनोट : युएईद्वारा नेपाल सामू जितको लागि १३५ रनको लक्ष्य   

काठमाडौँमा जारी आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई जितको लागि १३५ रन्को लक्ष्य प्रस्तित गरेको छ । मुलपानीको  माथिल्लो मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनायो ।

नेपालले टस हारेर बलिङ गर्दै

युएईको लागि भ्रित अरविन्दले  ६४ रनको अर्धशतकीय पारी खेले भने कप्तान मुहम्मद वासिमले २६ रन बनाए । त्यस्तै अलिशन शराफु १६ रन बनाई आउट भए भने असिफ खानले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालको लागि कुशल मल्ले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिंदा सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलको भागमा समान १-१ विकेट रह्यो ।

घरेलु टोली आज युएईलाई पराजित गर्दै आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुने योजनाको साथ मैदान उत्रदैछ भने युएई पनि घरेलु टोलीलाई पराजित गर्दै टि-२० विश्कपमा छनोट हुने योजनामा रहेको छ ।

समूह ‘ए’ बाट ओमान विजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् भने समूह ‘बी’ बाट युएई विजेता र बहराइन उपविजेता हुँदै अन्तिम चारमा पुगेका हुन् । बिहीबार लिग चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित  भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.