मैले राजीनामा दिए देश बर्बादीतिर जान्छ, म राजीनामा दिन्न : प्रधानमन्त्री ओली
पार्टीभित्रबाट राजीनामाको चर्को दवाव झेलिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिन देश बबाृदीतिर जान बताउँदै पदबाट राजीनामा नदिने स्पष्ट गर्नुभएको छ ।
बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको भए पनि अहिले आफूले राजीनामा दिन नमिल्ने र राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु भएकाले आफूले राजीनामा नदिने बताउनुभएको हो ।
उहाँले भननुभयो केहीले अविश्वासको प्रस्ताव को तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताउँदै भन्नुभयो ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्के ।
आफूलाई पदबाट राजीनामा दिन दवाव दिने नेकपा अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुप्रति लक्षित गर्दै उहाँले भन्नुभयो “कोहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट (आफूलाई प्रधानमन्त्रीबाट हटाउने) धेरै कोशिस भैरहेको छ ।”
प्रतिक्रिया राख्नुहोस्