जापानविविध

नेपाल भलिबल संघ जापानले तेस्रो भलिवल प्रतियोगिता गर्दै

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापित नेपाल भलिवल संघ जापानले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा तेस्रो रनिङकप पुरुष भलिवल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

नेपाली राष्ट्रिय खेल भलिवल बिकास र सम्बद्र्धननका लागि स्थापित संघको कार्यसमिति बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गर्दै अध्यक्ष रत्नसिंह बस्नेतको संयोजकत्वमा प्रतियोगिता संचालन मुल आयोजक समिति गठन गरेको छ ।

त्यसैगरी प्रचारप्रसार संयोजक भिक्टर ठाडा मगर, आर्थिक संयोजक वसन्त थापा, खेलाडी संयोजक दिपेश केसी, हल ब्यबस्थापन संयोजक बुद्ध बस्नेत लगायत बिभिन्न उपसमिति संयोजक समेत चयन गरेको छ ।

टिम दर्ता शुल्क ४ मान येन राखिएको प्रतियोगितामा प्रथम र द्वीतिय स्थान हाँसिल गर्ने टिमलाई क्रमःश ३ लाख र २ लाख येन नगद सहित रनिंगकप, गोल्ड मेडल र प्रमाणपत्र द्वीतिय स्थानका लागि सिल्वर मेडल र प्रमाणपत्र प्रदान गरिने छ

त्यसै गरी सेमीफाइनलका २ टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५०/५० हजार जापानी एन मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । यसका साथै प्रतियोगितामा ५ विधागत पुरस्कार उत्कष्ट खेलाडी, स्पाइकर, डिफेन्स, ब्लकर र कोचलाई प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतियोगितामा अफिसियल सहित १२ खेलाडी सहभागि जनाउन सक्ने छन् । खेल प्रचलित वेष्ट अफ ५ को नियम अनुसार नटआउट सिस्टमा नेपाली रेफ्रीद्वारा संचालन गरिने छ ।

ईन्स्योरेन्स पार्टनरमा मिराई लाईफ

यसैगरि जापानमा नेपालीहरूद्वारा संचालित मिराई लाईफ ईन्स्योरेन्सले प्रतियोगिताको ईन्स्योरेन्स पार्टनर बनेको छ। आयोजक समितिका अनुसार सो अवसरमा  उत्कृष्ठ खेलाडीलाई ईन्स्योरेन्स पुरस्कार प्रदान गर्ने जनाएको छ।

खेल डिसेम्बर १५ तारिक बुधबार साईतामा केन को टोडा स्पोर्टस् सेन्टरमा (1286 Niizo, Toda City, Saitama Prefecture 335-0021) बिहान ९ बजे देखि संचालन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.