फुट्यो माओवादी, जनार्दन शर्माद्वारा ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा
नेकपा एकीकृत समाजवादीसंगको एकताको विपक्षमा रहनुभएका नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा लगायतका नेताहरु पार्टीबाट अलग हुनुभएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै शर्मा नेतृत्वको समूहले ‘प्रगतिशील अभियान, नेपाल’ नामक अभियान घोषणा गर्दै अलग हुनुभएको हो । उहाँले माओवादी मूल नेतृत्वले क्रान्तिकारी आन्दोलनलाई धोका दिएको आरोप लगाउँदै पार्टीबाट अलग भएको घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा शर्माले पार्टी संयोजक पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको नीति र लाइनमा आत्मसमर्पण गरेको समेत लगाउनुभयो ।
पार्टी सचिवालय बैठकबाटै एकता प्रक्रियालाई अस्वीकार गर्दै आउनुभएका शर्माले पत्रकार सम्मेलनमा यो एकता विचार र सिद्धान्तमा आधारित नभई नेताहरूको व्यक्तिगत स्वार्थ र गर्नुभयो ।
शर्माले हालको एकता प्रक्रिया जेनजी आन्दोलनको भावना विपरीत रहेको र विभिन्न आरोप लागेकाहरूसँग गठबन्धन गर्नुले देशको राजनीतिलाई सुदृढ बनाउन नसक्ने बताउँदै ‘प्रगतिशील अभियान, नेपाल’ नामक नयाँ अभियानको घोषणा गर्नुभएको हो ।
उहाँले अभियान नयाँ पार्टी नभई देशैभरि प्रगतिशील शक्तिहरूलाई जोड्ने लक्ष्य राखेको बताउँदै यसमा आफूहरूले नेतृत्वको दाबी नगर्ने र नयाँ पुस्तालाई अगाडि बढाएर उनीहरूलाई आफ्ना अनुभव हस्तान्तरण गर्दै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्