राजनीति

गणतन्त्रको मुद्दामा दाहालभन्दा २५ वर्ष जेठो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भन्दा २५ वर्षअघि आफू गणतन्त्रको कुरा उठाउँदा जेल परेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले केही दिन अघि आफूलाई गणतन्त्र बिरोधी भनेको सन्दर्भ कोट्याउँदै उहाँले सो कुरा बताउनुभएको हो ।

बिहिबार मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन कार्यक्रममा उहाँले जसले जे भने पनि र कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने उल्लेख गर्दै एमाले सिध्याउने सपना नदेख्न आग्रह समेत गर्नुभएको छ ।

अध्यक्ष ओलीले भन्नुभयो, “कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ ।”

“अनेक प्रकारका झुठा र भ्रमपूर्ण कुरा फैलाउनु पर्दैन, कुरु क्षेत्र बनाउने भनेर धम्क्याउनु पर्दैन, नेपाल अब शान्ति क्षेत्र, धर्म क्षेत्र हुन्छ”, अध्यक्ष ओलीले भन्नुभयो । सरकारमा हुँदा एमालेले असाधारण काम गरेको उहाँको भनाइ थियो । “हामीले विकासका काम थुप्रै ग¥यौँ, हामीले गरेको विकास हेरे हुन्छ”, ओलीले भन्नुभयो ।

भक्तपुर एउटा जीवित सङ्ग्रहालय हो भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बोकेर हरेक क्षेत्रबाट विकासका आयाम फैलाउने अध्यक्ष ओलीको भनाइ थियो । एमाले राष्ट्र निर्माणको अभियानमा लागेको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा एमालेका नेताद्वय कृष्णगोपाल श्रेष्ठ र महेश बस्नेत, वाग्मती प्रदेशसभा सदस्य शशिजंग थापा, सरस्वती वाटी, सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.