जापान

कोरोनाका कारण आफ्नै देशमा रोकिएकाहरुलाई जापान प्रवेश खुल्ने

कोरोना भाइरस संक्रमणका कारण आफ्नै देशमा रोकिएका विदेशीलाई जापान सरकारले प्रवेश अनुमति दिने भएको छ । यसबाट हजारौं नेपाली पनि लाभान्वित हुने भएका छन् ।

जापानमा अध्ययनका लागि शुल्क समेत तिरेर बसेका तथा अन्य भिसा लागेर जान नपाएका नेपालीहरुको संख्या दशौं हजार रहेको अनुमान गरिएका बेला जापान सरकारको पछिल्लो निर्णयले खुसीयाली छाएको छ ।

जापान सरकारले भिसा प्राप्त गरेको सिओई, भिसा भएको एवम् कोरोनाकालमा आफ्नै देशमा रहेको समयमा भिसा सकिएकाहरुलाई जापान प्रवेश गर्न दिने निर्णय गरेको हो । यसैगरी ब्यवसायीहरुलाई पनि जापान भ्रमणमा प्रवेश दिइने भएको छ ।

जापानले पहिलो चरणमा पर्यटकहरूलाई प्रवेशमा भने अझै समय लाग्ने बताएको छ । सरकारले तत्काल नीतिगत परिवर्तन घोषणा गर्ने र कार्यान्वयन यसै महिनाबाट सुरु गर्ने तयारी गरेको संचार माध्यमहरुले जनाएका छन् ।

जापान प्रवेशपछि स्वास्थ्य सुरक्षाा मापदण्ड भने पालना गर्नुपर्नेछ । छोटो अवधिका व्यवसायिक यात्रुहरूका लागि क्वारेन्टाइनको अवधि ३ दिन राखिएको छ । तर उनीहरुले खोप भने लगाएको हुनुपर्नेछ

यसरी विदेशी नागरिकलाई भ्रमणमा बोलाउने कम्पनी र संस्थाहरूले उनीहरूको गतिविधिको अनुगमन सोही कम्पनी वा संस्थाले गर्ने भएको छ । जारी क्वारेन्टाइन भने विदेश भ्रमणबाट फर्केका जापानी नागरिकहरूमा पनि लागू हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.