जापान

जापानमा कामकाजी महिलाको आत्महत्यामा वृद्धि

विश्वमै सबैभन्दा बढी आत्महत्या हुने देश जापानमा दुई वर्षयता कामकाजी महिलाहरुको आत्महत्या दर बढेको छ । एक सरकारी रिपोर्ट अनुसार अघिल्लो वर्ष कामकाजी महिलाहरुको आत्महत्या बढेको छ ।

रिपोर्टमा कोरोना भाइरस संक्रमणका कारण कामकाजी महिलाहरुको राजगारीमा आएको परिवर्तन यसको कारण हुनसक्छ । रिपोर्टमा सन् २००९ पछि २०२० मा पहिलोपटक आत्महत्या गर्नेको संख्या बढेको छ ।

रिपोर्टमा सन् २००९ पछि २०२० मा पहिलोपटक आत्महत्या गर्नेको संख्या बढेको छ । २०२० मा २१ हजार ८१ जनाले आत्महत्या गरेका थिए । यो अघिल्लो वर्षको तुलनामा ९ सय १२ बढी हो । २०२० मा २१ हजार ८१ जनाले आत्महत्या गरेका थिए । यो अघिल्लो वर्षको तुलनामा ९ सय १२ बढी हो ।

२०२० मा आत्महत्या गर्ने पुरुषको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ भने महिलाको संख्यामा ९ सय ३५ बढेको छ । कुल आत्महत्या गर्नेमा पुरुषको संख्या १४ हजार ५५ रहेको छ भने महिलाको संख्या ७ हजार २६ रहेको छ ।

विगत पाँच वर्षको औषत आत्महत्याको तुलना गर्दै तयार गरिएको रिपोर्टमा आत्महत्या गर्ने अधिकांश महिलाहरु विभिन्न कार्यालय अथवा स्वास्थ्य सेवा र अन्य सेवा प्रदान गर्ने संस्थामा कार्यरत थिए ।

श्वेतपत्रमा कामकाजी महिलाहरुको आत्महत्याको कारणमा काम गर्ने वातावरणमा आएको परिवर्तन, कार्यस्थल र अन्य व्यक्तिसंगका सम्बन्धलाई लिइएको छ ।

आत्महत्या बढ्दै गएपछि गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यसको रोकथामका लागि वार्षिक श्वेतपत्र अनुमोदन गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.