साहित्य

आख्यानकार विकलको ९४ औं जन्मजयन्तीमा बालप्रतिभाहरु पुरकृत

नेपाली भाषा साहित्यका शिखर व्यक्तित्व आख्यानकार तथा बाल साहित्यकार स्व. रमेश विकलको ९४ औं जन्मजयन्ती मनाइएको छ । यसै अवसरमा बालप्रतिभाहरुलाई पुरस्कृत गरिएको छ।

विकलको जन्मगाउँ आरुबारीमा रहेको उहाँको शालिकमा माल्यार्पण गरी सुरु भएको कार्यक्रम रमेश विकल साहित्य प्रतिष्ठानमा औपचारिक रुपमा सुरु भएको थियो ।

बिहिबार आरुबारीस्थित रमेश विकल साहित्य प्रतिष्ठानमा आयोजित कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठान तथा अभिनव साहित्य समाजले संयुक्त रूपमा केही समय अघि आयोजना गरिएको कविता प्रतियोगिताका विजयीहरूलाई पुरस्कृत र सम्मान गरिएकाे हो ।

कार्यक्रमका प्रमुख अतिथिगोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेसहित प्रतिष्ठानका पदाधिकारीहरूले बाल प्रतिभाहरुला ई पुरस्कृत र सम्मान गर्नुभएको थियो ।

प्रतियोगितामा पहिलो स्थान प्रविज्ञा नेपाल, विभूति अधिकारी द्वितीय र समर्पण न्यौपानेले तृतीय हासिल गरेका थिए भने दिलासा तिवारी र बन्दना जैसवालले संयुक्त रूपमा सान्त्वना पुरस्कार पाए । पुरस्कारको राशी क्रमशः नगद ५ हजार ३ हजार र २ हजार रहेको छ । त्यस्तै, सान्त्वना पुरस्कारको राशी नगद १ हजार रहेको छ ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेलले साहित्यकार विकलको बहुआयामीक व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष घिमिरे सहित वरिष्ठ उपाध्यक्ष केके कर्माचार्य, महासचिव विजय चालिसे, वरिष्ठ सदस्य मातृका पोखरेल अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.