जन सरोकार
म्हः पूजाको दियोबाट आगलागी, चारजनाको मृत्य
हिजो शुक्रबार म्हः पूजाका दिन ललितपुरको मंगलबजारमा पूजाका क्रममा राखिएको दियोबाट सल्केको आगोले एकै घरमा चारजनाको मृत्यु भएको छ । दियोबाट झ्यालको पर्दा हुँदै ग्यास सिलिन्डर सल्केर विस्फोट हुँदा चार जनाको ज्यान गएको हो ।

विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् । शुक्रबार राति पौने ७ बजेतिर यो दुर्घटना भएको मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, ३५ वर्षीया अञ्जना ताम्राकार, ३५ वर्षीया रचना ताम्राकार र १० वर्षका नाति निर्जल ताम्राकारको मृत्यु भएको हो ।
घरको तेस्रो तलामा म्ह पूजा गर्दा दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको थियो । त्यही दियोबाट झ्यालको पर्दामा आगो सल्किएपछि दुर्घटना भएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्