प्रबास

भूबनोटले उस्तै स्वीट्जरल्याण्डभित्रको नेपाल डकुमेन्ट्रीमा (भिडियोसहित)

नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै बनाउने भन्दै नेपाली राजनीतिज्ञहरुले पटकपटक बताउदै आएका छन् । हुन पनि स्वीट्जरल्याण्ड नेपालजस्तै डाँडाकाँडा हिमाल र पहाडले भरिएको छ । अनि नेपाल जस्तै एउटा संघीय, लोकतान्त्रिक, गणतान्त्रिक मुलुक र क्षेत्रफल तथा जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो ।

हिमाल, पहाडको देश स्वीट्जरल्याण्ड विकासका दृष्टिले उच्च छ । उस्तै भूगोल भएर पनि नेपालको अवस्था वर्णन गर्नपरेन । नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछु भन्ने गरिए पनि सत्तामा पुगेपछि त्यो सबै बिर्सने नेताहरुका लागि र नेपालमा बसेर स्वीट्जरल्याण्डको कल्पना गर्नेहरुका लागि त्यहाँ घुमेका, देखेका दृश्य र कुराकानीसहितको भिडियो कथा (डकुमेन्ट्री हालै सार्वजनिक भएको छ ।

युरोपबाट सक्रिय रुपमा कलम चलाउदै आएका पत्रकार बसन्त रानाभाटसहितको टिमले उक्त भिडियो तयार गरेको हो । शहरहरुको अवलोकन, अध्ययन विभिन्न भेटघाट तथा कुराकानीको आधारमा स्वीट्जरल्याण्डबाट नेपालले सिक्ने बिषयलाई यात्रा अनुभूतिसहित भिडियोमा समाबेश गरिएको रानाभाटले बताए ।

लण्डनलाई कार्यथलो बनाएर बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेका पत्रकार भगीरथ योगीले डकुमेन्ट्रीका लागि स्किष्ट सल्लाहकारको रुपमा सहयोग पुर्याएका छन् । यात्रामा समेत सहभागी बनेका पत्रकार योगीको विश्लेषणलाई पनि डकुमेन्ट्रीमा समाबेश गरिएको छ ।

स्वीट्जरल्याण्ड निबासी पत्रकार हिरालाल श्रेष्ठले भिडियो छायाङ्कन तथा सम्पादन गरेका हुन् । युरोपका चर्चित गायक सुभास सुन्दास र संगीतकार रामु परियारले डकुमेन्ट्रीका लागि “नेपाल बन्छ स्वीट्जरल्याण्ड” बोलको गीत तयार गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.