जापान

शान्त पहरीको नेतृत्वमा नेपाल पत्रकार महासंघ जापानमा नयाँ कार्यसमिति

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट पहरी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । तीन प्रतिस्पर्धीलाई उछिनेका पहरीले आगामी तीन वर्षका लागि महासंघको नेतृत्व गर्नेछन् ।

अध्यक्षका प्रत्यासीहरू क्रमशः शान्त पहरीले १६ मत, दीपक गौतमले १४ मत, कविकिरण न्यौपानेले ११ मत र पूर्ण चलाउनेले ६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भए । तीन जना आकांक्षी रहेको उपाध्यक्षमा श्रेष्ठले १८ मत पाउँदा गोकर्ण अधिकारीले १७ मत प्राप्त गरेका थिए भने विनोद कुमार सापकोटाले ११ मत पाएका थिए ।

यसैगरी महिला उपाध्यक्षमा इन्दिरा खनाल, सचिवमा राजन गौतम, सह सचिव समावेशी तर्फ सजिना मोक्तान र सह सचिव खुल्ला तर्फ विश्वास आचार्य र कोषाध्यक्षमा अर्जुन लामिछाने निर्विरोध चयन भएका छन् ।

यस्तै सदस्यहरुमा लक्ष्मी पौडेल, कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुग प्रेमश र फुर्वा शेर्पा निर्विरोध चयन भएका थिए। जापानबाट केन्द्रीय प्रतिनिधिका लागि भने मनिशा चौलागाई र राजविन थापालाई सर्वसम्मत चयन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.