जापान

डा. सुवेदीलाई जापानी राजदूत किकुताद्वारा बधाई ज्ञापन

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सम्राट समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएकोमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले बधाई दिनुभएको छ ।

डा. सुवेदीले नोभेम्बर ७ का दिन टोकियोस्थित राजप्रसाद (इम्पेरियल दरबार)मा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको थियो ।

काठमाडौंस्थित जापानी दूताबासले एक विज्ञप्ति जारी गरी उहाँले यो क्षण जापान नेपालको लामो सम्बन्धको इतिहासलाई झल्काएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै राजदूत किकुताले डा. सुवेदीको ओहदाको प्रमाणपत्र पेश गरेको क्षणलाई १२० वर्षअघिको घटनालाई स्मरण समेत गर्नुभएको छ ।

उहाँले सन् २०२२ मा नयाँ राजदूत डा. सुवेदीले सम्राट समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्दा १२० वर्षअघि नेपालबाट आठ विद्यार्थी जापानमा अध्ययनका लागि पुगेको वर्षगाँठका रुपमा लिनुभएको छ ।

राजदूत किकुताले जापान र नेपालबीच आपसी सम्बन्ध र मित्रतालाई अरु अघि बढाउन जापानका लागि नेपाली राजदूत डा. सुवेदीसंग मिलेर काम गर्न उत्सुक रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.