कोरोना संक्रमित थपिने र उपचारबाट घर फर्कने बराबर

नेपालमा कोरोना संक्रमित थपिने र उपचारपछि घर फर्कनेको संख्या बराबर हुन थालेको छ । आइतबार पछिल्लो २४ घन्टामा २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा यस्तै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको छ । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर विधिबाट १५ लाख ४० हजार ७७ परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइसोलेसनमा रहनेको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्