पाथीभरामा केवल कार विवाद : तीनजना घाइते
प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि स्टेशन शिलान्यासका क्रममा ताप्लेजुङमा दुई पक्षबीच झपड हुँदा प्रहरीसहित तीन जना घाइते भएका छन् ।
समाचार अनुसार जिल्लाको तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रममा केवलकर बनायन दिने र नदिने विषयमा भएको विवादमा दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, घाइते हुनेमा सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओलीसहित स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु छन् । उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।
शुक्रबार दिउँसो १ बजेतिर स्टेशन शिलान्यासका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुग्नुभएको थियो ।
फुङलिङ नगरपालिकाका मेयर मादेनका अनुसार कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनुहुँदैन भन्ने समूहका व्यक्तिहरूले ढुंगा हान्न थालेका थिए । यद्यपि स्काभेटर गरिएको उहाँले बताउनुभयो ।
मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले २ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा देवीको मन्दीर जान केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।
निर्माणको पक्षमा रहेको समूहले भने अर्काथरिले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुंगको पर्यटकीय महत्व अरु बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्