स्वास्थ्य
आरुबारीमा आकस्मिक रक्तदान, ४१ दाता सहभागी
केही समययता मुलुकभर रगत अभाव भएको समाचारहरु सार्वजनिक भएपछि काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा शनिबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
ब्लड डोनर्स एसोसिएशन नेपालको आव्हानमा आरुबारीस्थित राधाकृष्ण मन्दिर संरक्षण समिति र जागरुक महाअभियानको आवाज मण्डलको आयोजनामा कार्तिक २२ गते शनिबार रक्तदान गरिएको हो ।
राधाकृष्ण मन्दिरको योगकक्षमा भएको रक्तदानको शुभारम्भ गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजिब थापाले रक्तदानमार्फत गर्नुभएको थियो भने मन्दिर संरक्षण समितिका अध्यक्ष उमेश केसीले रक्तदान गरी समापन गर्नुभएको थियो ।

हिमाल हस्पितलको प्राविधक संयोजनमा गरिएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए जसमा महिला र पुरुषको संख्या बराबर जस्तो थियो ।






प्रतिक्रिया राख्नुहोस्