जल/वातावरण

देशभर वायु प्रदूषण बढ्यो, दीर्घरोगी, बालबालिका र वृद्धवृद्धालाई सचेत रहन आव्हान

तिहारको आगमनसंग वितेको एक सातायता उपत्यकाको न्युनतम् तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको छ । तापक्रम ह्वात्तै कम भएसँगै विहान–वेलुकी चिसो बढेपछि वायु प्रदूषणको दर समेत बढेको छ ।

न्युनतम् तापक्रममा कमी आएसँगै वायुको गुणस्तर कम भएको वातावरण विभागको तथ्याङकमा उल्लेख छ । यस्तो धुलोले मुटु, फोक्सो सम्बन्धी विरामी, बृद्धबृद्धा र बालबालिकालाई बढी हानी पुर्याउने शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विषेसज्ञ डा. कुन्जाङ शेर्पाले बताउनुभयो ।

सोमबार २४ घण्टाको न्युनतम तापक्रम विराटनगरमा १५.२, सिमरा १५.५, काठमाडौंमा ९.२, धनगढी १५, महेन्द्रनगर १३ र जुम्लामा माइनस १ डिग्री सेल्सियस रहेको थियो ।

त्यसै गरी काठमाडौंको अधिकतम् तापक्रम २३.८ डिग्री सेल्सियस रहेको थियो । यसरी तापक्रममा कमी आएसँगै त्यस क्षेत्रको वायुको गुणस्तर स्वास्थ्यका हिसावले हानिकारक बनेको छ ।

यसरी एकसातामै चिसो बढेपछि वायु प्रदूषण बढेपछि विहान–वेलुकी धेरै हिडडुल गर्न नहुने र मास्क अनिवार्य प्रयोग गर्नु वातावरण विभागले अनुरोध गरेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताउनुभयो । विभागले देशको मुख्य मुख्य शहरको वायुको गुणस्तर मापन गरी तथ्याङक सार्वजनिक गर्दैआएको छ ।

वातावरण विभागको तथ्याङकअनुसार महेन्द्रनगर क्षेत्रको पार्टिकुलेट म्याटर २.५ माइक्रोनभन्दा सानो वायुको गुणस्तर १३८ माइक्रोग्राम प्रतिमिटर क्युव रहेको छ । यो स्वास्थ्यका हिसावले हानिकारक मानिन्छ । विभागले १०० देखि १५० माइक्रोग्राम प्रतिमिटर क्युवसम्मलाई अस्वस्थकर वायु मापन गरेको छ ।

विश्व स्वास्थ्य संगठनले पार्टिकुलेट म्याटर (पीपीएम) २.५ माइक्रोनभन्दा सानो वायुको गुणस्तर २५ माइक्रोग्राम प्रतिमिटर क्युवसम्म मात्र स्वास्थ्यका लागि उपयुक्त हुने भन्दै मापदण्ड तोकेको छ भने सरकारले भने ४० माइक्रोग्राम प्रतिमिटर क्युवसम्मलाई राष्ट्रिय मापदण्ड तय गरेको छ ।

सोमबार विहानसम्म सिमरामा १७६, विराटनगरमा १६६, पोखरामा १६०, किर्तीपुर ८६ र भक्तपुरमा ६६ माइक्रोग्राम प्रतिमिटर क्युवसम्म मापन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.