अर्थ

आज सुनको मूल्य ९२ हजार ३०० प्रतितोला

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएकोे छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ ।

पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.