जन सरोकारस्वास्थ्य

दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर

दैलेख जिल्लाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमणसँग जुध्नका लागि लागि प्राप्त २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष तथा राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्व उपाध्यक्ष चन्द्रबहादुर गुरुङको समन्वयबाट ती सामग्री उपलब्ध भएका हुन् ।

नेता गुरुङसहित एनआरएनए आइसिसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्वसैनिक सङ्घले स्वास्थ्य सामग्री नेपालको दुर्गम जिल्लाका लागि उपलब्ध गराएको अभियानकर्मी चक्रबहादुृर चन्दले जानकारी दिनुभयो ।

दैलेखका लागि करिब रु २८ लाख मूल्य बराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्वमन्त्री कुन्तीकुमारी शाहीको विशेष पहलमा जिल्लाका विभिन्न स्वास्थ्यचौकीमा पठाउन लागिएको हो । यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना सङ्क्रमणको बेला जिल्लामा विभिन्न किसिमले सहयोग गर्दै आउनुभएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button