जन सरोकार

माओवादीले बस प्रयोग गरे, सेनाले कब्जा, घरखेत डुबाएका व्यवसायीले २० वर्षपछि न्याय पाए

तत्कालीन विद्रोही नेकपा माओवादीले पहिलो पटक नेपाली सेनाको ब्यारेकमा हमला गरेको थियो दाङको घोराहीमा । त्यहाँ हमला तीनवटा बस र जीप माओवादीले प्रयोग गरेको थियो ।

२०५८ सालमा घोराही ब्यारेकमा माओवादीले आक्रमण गरेपछि दाङको घोराही उपमहानगरपालिका–४ का यातायात ब्यवसायी भरतनाथ योगीको ना २ ख २४४३, ना २ ख ५३८३, रा १ ख २८१ नम्बरको बस र बा ३ च ७५६१ नम्बरको जीप माओवादी कार्यकर्ता र उनीहरुको बन्दोबस्तीका सामान ओसारपसारमा प्रयोग भएको भन्दै झण्डै दुई बर्ष सेनाले नियन्त्रणमा लिएर आफैं प्रयोग गरेको थियो ।

२०५८ मंसिर ८ गते नियन्त्रणमा लिएका ती गाडीहरु आफैं प्रयोग गरेर २०६० भदौ १० गते योगीलाई बुझाएको थियो । दुई बर्षसम्म गाडीको आम्दानी आफूले नपाएपछि बैंकलाई किस्ता तिर्न घर खेत गुमाउनुपरेको भन्दै योगीले १ करोड ४ लाख ९७ हजार ८ सय ६६ रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

उहाँले एउटा बसको १३ लाख २० हजार, अर्कोको १७ लाख ६० हजार र अर्को बसको १५ लाख ४० हजार रुपैयाँ तथा जीपको १७ लाख ६० हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै दायर गरेकोा रिटमा सर्वोच्च अदालतले उनको पक्षमा फैसला गर्दै क्षतिपूर्ति दिन सरकारका नाममा परमादेश जारी गरेको छ ।

सर्वोच्चले जिल्ला प्रशासन कार्यालयलाई उक्त रकम क्षतिपूर्तिका लागि संघीय सरकारलाई सिफारिस गर्न सरकारलाई क्षतिपूर्ति रकम दिन परमादेश जारी गरेको छ ।

२०७८ वैशाख १४ गते न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासको फैसलाको पूर्ण पाठ भने आउन बाँकी नै छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.