प्रबास

मेरिल्याण्ड विधायकमा ह्यारी भण्डारी दोश्रो पटक विजयी

अमेरिकाको मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा डा ह्यारी भण्डारी दोश्रो पटक विजयी हुनुभएको छ । अमेरिकामा नेपाली समुदायको इतिहासमा मुलधारको राजनीतिमा खाता खोल्ने प्रथम नेपाली डा भण्डारी दोश्रो पटक पनि विजयी हुनुभएको हो ।

भण्डारीले आफू दोश्रो कार्यकालको लागि विजयी भएपछि काम गर्ने अवसर पाएकोमा मतदाता र आफ्नो क्षेत्रका वासिन्दालाई धन्यवाद दिनुभएको छ ।

आफ्नो पहिलो कार्यकालमा गरेको कामको उच्च मूल्यांकन गर्दै आखिरमा मेरिल्याण्ड चुनाव क्षेत्र ८ का जनताको विश्वास जित्नन सफल हुनुभएको हो ।

डा. भण्डारीलाई हराउन मेरिल्याण्डका रिपब्लिकनका गभर्नरका उम्मेदवार डान कक्स नै लागे लागेका थिए । डा ह्यारी भण्डारी बिरुद्ध मेरिल्याण्डका रिपब्लिकनका ट्रम्पका कट्टर समर्थक गभर्नरका उम्मेदवार डान कक्सले चुनावी अभियानमा थुप्रै आरोप लगाएका थिए ।

डा भण्डारीको निर्वाचन क्षेत्रमा १ लाख २८ हजार भन्दा ज्यादा जनसंख्या रहेको छ भने मतदाता मात्रै १ लाखभन्दा ज्यादा रहेका छन् ।

डा. भण्डारीले चार वर्षमा अमेरिकाकै सबैभन्दा पुरानो संसदको तल्लो सदन मेरिल्याण्ड बिधान सभा सदस्यको रूपमा १४ विधेयकलाई कानून बनाउन सफलता हाँसिल गर्नुभएको थियो ।

उहाँले दशैंलाई नेपालमा उत्पति भएको सांस्कृतिक चाडका रूपमा उल्लेख गरेर दशैं विधेयक सदनमा प्रस्तुत गर्दै तल्लो सदनमा ऐतिहासिक दुई दलीय मतका साथ पारित गराउन सफल हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.