जापान

नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको आयोजनामा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि ‘टोकियो सप्ताह’ महायज्ञ जारी छ ।

एनआरएनए जापान र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा कार्तिक २२ गते शनिबारदेखि टोकियो सप्ताह महायज्ञ सुरु भएको हो ।

टोकियोस्थित शिन्ज्युकुमा सुरु भएको उक्त सप्ताहव्यापी महायज्ञमा कथा वाचन पण्डित दिनबन्धु पोखरेल र बौद्धगुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले गर्नुभएको छ ।

एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जापानमा रहेका नेपालीबीचको एकता, भाइचारा र नयाँ पुस्ताबीचको पारस्परिक सम्बन्धलाई मजबुत बनाउँदै आध्यात्मिक चिन्तनको उजागर गर्न्गराउन महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले एकीकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउने महायज्ञको लक्ष्य भए पनि नेपालीबीच मेलमिलाप, शान्ति र सकारात्मक भाव जगाउँदै पूण्यकर्ममा सरिक गराउने उद्देश्य रहेको बताउनुभयो ।

एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन निउरेले जापानमा एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र निर्माणका लागि टोकियोको चिवा केनमा जमिन खरिद भइसकेकाले उक्त जग्गामा भवन निर्माण गर्न महायज्ञमार्फत रकम सङ्कलन गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गरिएको बताउनुभयो ।

महायज्ञले नेपाली कला, संस्कृतिलाई जापानमा प्रवर्द्धन गर्न र नयाँ युवा पुस्तालाई पूर्वीय दर्शन पुस्तान्तरण गर्न एक महत्त्वपूर्ण कदम हुने विश्वास आयोजकले लिएको छ ।

‘शान्तिका लागि कलशयात्रा’ बाट सुरु भएको सप्ताहव्यापी ज्ञान महायज्ञमा हरेक दिन पूजापाठ, प्रवचन, भजनकीर्तन र प्रसाद ग्रहण, वितरण गरिने कार्यक्रम रहेको छ ।

महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित ढङ्गले परिणाममुखी बनाउन विभिन्न उपसमितिसमेत निर्माण गरिएको एनआरएनए जापानले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.