बिचार

“कि गर, कि मर”को अवस्थामा सत्तारुढ पार्टीभित्रको प्रतिपक्ष

तारा सुवेदी

मेरो कान्छी छोरी अभिज्ञाले एउटा अजङ्गको कालो एलसिसीयन कुकूर र सेतो रंगको उज्यालो मुख भएका २–३ वटा विरालो पालेको थिइन्, २०–२२ वर्ष अगाडि । कुकूर आफ्नो खोरको ढोकामा उभिएको हुन्थ्यो । विरालाहरु भने खोरमाथि छानाको छेउमा आएर कुकूरको कानमा हात (अगाडिको खुट्टा)ले पालैपालो हानेर जिस्क्याई रहन्थे । जब कुकूरलाई रिस उठ्दथ्यो वा झर्को लाग्दथ्यो ‘ह्वाङ्ग’ गरेर कराउँथ्यो, विरालाहरु भाग्दथे । धेरैदिन, महिना मात्र होइन, झण्डै २–३ वर्षसम्म त्यही क्रम चल्यो ।

सायद त्यसैले होला कुकूर साह्रै रिसाहा र भोटे कुकुलाई नै मात दिने भयो । त्यसको स्वभाव लक्षण कसरी हो ? एकजना हाजी मुल्ला ७०–७५ वर्षको बूढो मान्छेले मलाई पटक पटक साव ! “ए कुत्ता बहुत खराब होता जा रहा है, किसी दिन और तो और आपको ही वूरी तरह जख्म करदेगा” भनेर भृकुटी मण्डपभित्र घुमाउन लागेको बेला भन्ने गरेका थिए । झण्डै १–२ महिनाभित्र नै उनले भने जस्तै गरी भृकुटीमण्डपभित्र लैजान खोरबाट निकाल्दै थिएँ, एक्कासी मेरो देव्रे हातमा झम्टियो । हत्तपत्त दाहिने हातले उसको पछाडितिर गर्दनमा समातें । कसरी कसरी खुट्टा भेटाएर खुटमा नै दाँत गाड्यो । दुवै ठाउँमा गहिरो घाउ भयो ।

त्यो कुकूरलाई केही हप्ता पहिले मात्र त्रिपुरेश्वरको पशु अस्पतालमा लगेर “एण्टी रेविज”को सुई लगाएको थिएँ । त्यसैले “पागल भएको होइन” भन्ने निश्चित भएर एक जना प्रहरी तालिम केन्द्रका वरिष्ठ अधिकृतलाई चिनेकोले फोन गरें । उनले “डग्स स्कूल”का असईलाई भ्यान सहित पठाए । मैले बडो सतर्कतापूर्वक कुकूरलाई माया गर्दै, सुम्सुम्याएर भ्यानमा राखी जब उक्त स्कूलमा लग्दै थिएँ । त्यो कुकूरले विचित्र किसिमले वर्वर्ती आँशु झ¥यो । बाटो भरी मेरो काखमा टाउको राख्दै उसले “कुईं… कुईं” गर्दै मेरो मुख हेर्दै झण्डै “विहान मैले जे गरें माफ गर मलाई आफ्नै घर लैजाऊ, म अब कहिल्यै टोक्दिन” भनेर स्पष्ट बुझिने गरी संकेत ग¥यो । कुकूर लिन आएका “कुकूर स्कूल”का असईले त्यो दृश्य हेरिरहेका थिए । महाराजगञ्जमा उसलाई ओरालेर खोर (कोठा) भित्र पठाउँदै गर्दा पो ती असईले मैले बाटोभरि जे अनुमान गरेको थिएँ, उनले शब्दशः त्यही भन्दै “के कुन शर्तमा राखौं सर ! यो त धेरै राम्रो कुकूर हो” भनेर सोधें । मैले “जति राम्रो भए पनि अब फर्काएर लगें भने झन् मात्तिएला । भैगो तपाईहरुलाई नै दिए”, भन्दै दुईहजार समेत उनलाई दिएर छोडेको थिएँ ।

सायद उक्त कुरा यहाँ कसैलाई असान्दिर्भिक लाग्ला । कत्तिले बुझे भने “साह्रै सटीक, तर अति सीमान्त, अशोभनीय र अपमानजनक उदाहरण” भन्न, ठान्न सक्छन् । त्यसको लागि यहीं नै “गुस्ताखी माफ होस्” भन्नैपर्छ भन्ने लाग्छ । तथापि मलाई बालुवाटारभित्रको झण्डै ८–९ महिनादेखि स्वस्थ र आधा शताब्दीको नेटो नपुगेका युवालाई त साह्रै दिग्दार पार्ने र झर्को लाग्ने थियो । साथी संगति, सहकर्मी र समकक्षीहरुको कचकच वा किचलोबाट वाक्क भएको र वय, काय, समय र जराजीर्ण सबै अवयवले त्यत्तिकै पनि झर्को मान्ने स्थितिका सार्वभौमसत्ता नियन्ता बनेका र शक्तिले यसै पनि भैमत्ता भएका व्यक्तित्वलाई निकै रीस उठ्यो क्यार ! गएको १५ गतेतिरको (शनिबार) समकक्षी अध्यक्षमार्फत् भित्ता पु¥याएर “अब तिमीहरु मेरो ढोकामा जुत्ता फुकाउन आउनु पर्दैन, नआउनू । तिमीहरुले आफ्नो बाटो खोज, मलाई आफ्नो बाटोबाट अगाडि बढ्न नरोक, नटोक । अब यहाँ आउने हो भने मैले भने अनुसारको र मेरा अनुचहरुले देखाएको ठाउँमा बस” भन्ने स्पष्ट शैली र आशयबाट जे जस्तो कठोर शब्दमा दुत्कार्ने, अपमानित गर्ने तौर तरिकाबाट जवाफ दिएको १६ गते आइतबारका आम सञ्चार माध्यमदेखि सोमवारको राती नौ बजेको लोकप्रिय “फायर साइड” सम्मबाट सार्वजनिक भयो, अब सत्तारुढ पार्टीभित्रका प्रतिपक्षीहरुले लिएको उही उपत्यकाभित्र बहु प्रचलित “फूँसा ख्या, म फुसा ग्या…, (सके तर्साउ (भगाउ), नसके आफै भाग” भन्ने आजसम्मको नीतिको सान्दर्भिकता समाप्त भएको छ । या त टोपी थाप्दै “अब आजसम्म जे भयो, गरियो, त्यो सबैका लागि माफ पाउँ, अब दुई अढाई वर्षसम्म “मुख्तियार”का आज्ञा, आदेश निर्देशनहरुलाई “न नु, न च” नगरी शिरोपर गर्छौ” भन्ने अथवा अब विधि पद्धतिपूर्वक सम्झौता सहमति र पार्टी विधान प्रक्रिया, पद्धति”को रुन्चे राग अलाप्न छोडेर “एकै पटक संसदमा पुगेर नै मुद्दाको छिनोफानो गर्ने “कि गरी छाड्यो, कि मरी छाड्यो भनेर दह्रो आँट, ह्याउ हिम्मत लिएर अगाडि बढ्ने आँट गर्नु प¥यो । “न दैन्यं न पलायनम्” भन्दै अगाडि बढ्ने साहसिकताको प्रदर्शन नै अबको निर्विकल्प बाटो वा आवश्यकता हो” भन्ने निष्कर्षसहित बढ्नुप¥यो ।

यस्तो स्थितिमा “पार्टीलाई यति वर्षसम्म हाँके, “मेरो कठिन र जोखिमपूर्ण कालखण्डबाट पार लगाएको इतिहास छ” भन्ने कुराले न कुनै अर्थ राख्छ । न त “मेरो पछाडि यस्तो निर्णायक संगठित शाक्ति छ” भन्नेदेिख “मेरो नेतृत्वको यति वर्ष लामो रक्तरञ्जित एवं वलिदानीपूर्ण सशस्त्र वलले नै सयौ वर्ष लामो सामन्ती निरंकुश अधिवंशवादी शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्रात्मक संघीय लोकतान्त्रिक शासन पद्धति स्थापित हुन सम्भव भएको हो” भन्नुले सान्दर्भिकता राख्छ । न त “हामीले गणतन्त्रको लागि टाउकोमा कात्रो बाँधेर सडकमा प्रहरीका लाठो र गोली खाँदै गर्दा “नेपालमा गणतन्त्र ल्याउने आउने परिकल्पना गर्नु, वयल गाडामा चढेर अमेरिका पुग्ने कोशिश गराई जस्तै हो” भनेर उठ्पट्याङ र उखान टुक्का सुनाउँदै गरेका व्यक्तिले नै “गणतन्त्रात्मक संघीय लोकतान्त्रिक व्यवस्थाको सर्वाधिकार सम्पन्न अधिनियन्ता वन्ने नैतिक अधिकार छैन भन्न सुहाउँछ । त्यस्तो वेशर्मी भनाईले आत्मरति सुख” बाहेक केही थप कुरा दिने वाला पनि देखिन्न् ।

त्यतिमात्र होइन । यो हदमा अपमान गरिसकेपछि “एकै चोटी अब संसदमा भेटघाट गरी, वार कि पारको छिनोफानो गरौला” भनेर चुनौती दिनुपर्दथ्यो । त्यसरी वार कि पारको स्थितिमा उत्रिंदा पराजित भएर अझ अपमानित, अपहेलित, तिरस्कृत र वहिष्कृत भइन्छ कि ? भन्ने जस्ता आत्मकुण्ठा, निरीहता, नपुंसकता, नामर्दपन प्रदर्शन गर्नुभन्दा डाडूमा पानी तताई डुबुल्की लगाएर आत्महत्या गर्ने अर्को स्थिति सायद नहोला । त्यस्तो हेक्का राख्नुको राजनीतिक विकल्प बाँकी केही थिएन । यस्तो अवस्था आउला भन्ने नसोचेरै सधैं सत्ता नियन्तालाई उत्तेजित गर्ने, झर्को लाग्ने गरी किचलो र “कचर मचर” गर्ने गरेको भए त्यो पूर्णतः राजनीतिक अदूरदर्शिता अपरिपक्वता र नितान्त “अबोध वालापन” अर्को कुनै सायद नदेखिएला ।

हो, संसदको अखाडामा उत्रिसकेपछि जसरी शासन सत्ता हत्याई बसेका व्यक्तिले जे जस्तो अराजनीतिक, गैर कूटनीतिक, स्वाँठ र लाहुरे शैली र तरिकाकोे जस्तो तालले पदीय स्तर र मर्यादाको हेक्का नराखी सीमान्त हेपेर “अब आफ्नो बाटो लाग” भन्ने ठाडो ठोस र ओठे जवाफ दिएका थिए । त्यही वा त्यस्तै विना तयारी हल्का फुल्का तौर तरिकाले संसदमा पेश हुँदा अर्को मरणासन्न हुनुपर्ने पीडादायी ठोस ठेस लाग्नसक्छ नै । त्यसैले स्वेच्छाचारी, सवल र अजेय बन्दै गएको सर्व शक्तिमान प्रतिद्वन्द्वीलाई धराशायी बनाउन उसको कमजोर अर्को प्रतिद्वन्द्वी वा “शक्तिविहीन पात्रोलाई अगाडि उभ्याएर सर्वशक्तिमान् वैरीलाई विस्थापित गर्ने इन्दिरा गान्धीले अख्तियार गरेको “चरण सिंहलाई साथ सहयोग दिएर प्र.म. बनाएको” रणनीति अंगीकार गर्नुपर्छ । महाधिवेशनको सकसपूर्ण संकट सामना गरिरहेका सत्तासीनका प्रतिपक्षी नेता शेरबहादुरलाई शेर बनाएर अगाडि बढ्ने कूटनीतिक खेल खेल्ने बाटोतिर जानु परे पनि जाने साहस देखाउनै पर्नेछ । (उनलाई महाधिवेशमा सभापति पदमा विजयी बनाएपछि सत्ता छोड्ने शर्तमा)

त्यतिमात्र होइन, सत्ता र शक्तिका लागि जे जस्तोसुकै दल र वलसँग मिल्न जान तयार रहेको तेस्रो ठूलो नयाँ दलको आडबल लिएर नै हुन्छ, पुग्छ भने उसको पनि साथ सहयोग समर्थन लिएर किन नहोस् “कुनै हालत र शर्तमा राजीनामा नदिने” अड्डी लिई बसेकालाई “घोक्रेठ्याक” लगाई छाड्ने हो, भने उक्त रणनीतिले मात्रै सहजै सफलता हात लाग्ने छ । “आफूले सत्ता छोडे मुलूक नै वर्वाद हुनसक्ने” भन्ने शेखी प्रदर्शन गर्नेलाई निर्ममतापूर्वक नै वहिर्गमन नराउने “हो भने आफ्नो पार्टी, आफूहरु र आफ्ना संघर्षशील कार्यकर्ताहरुको भाग्य भविष्यमा पूर्ण विराम लाग्नेछ । आगामी आवधिक निर्वाचनमा मत माग्न जाँदा आम मतदाताले ठिङ्गा देखाउने, लाठो लगाएर खेद्ने”, हुन कि भन्ने दोधारो नीति लिनु हुन्न । “शत्रुका शत्रु तिम्रा मित्र शक्ति” भन्ने नीति र उक्तिलाई अँगाल्नै पर्छ ।

त्यसो गर्दा तत्काल आफू शासन सत्ता नियन्ता बन्न नपाउने र सत्तारुढ पार्टीका प्रमुख प्रतिपक्षीले नै आफुले नेतृत्व पाउनु पर्ने” असजिलो शर्त राख्ने स्थिति पनि उत्पन्न हुनसक्छ । त्यस अवस्थामा कठोरतापूर्वक आफ्ना तत्कालका सशक्त, निरंकुश र सर्वसत्तावादी वैरीलाई दरकिनार गर्न वा सत्ताच्यूत गरेर सडकमा पु¥याउन उदारतापर्वक उनलाई महाधिवेशनबाट नेतृत्वमा पुर्नस्थापित गर्ने इन्दिराले देसाई विरुद्ध चरण सिंहलाई उपयोग गरेको नीति अँगाली तत्काल नेतृत्व सुम्पिनु पनि पर्छ । अब त्यो कठिन, अब जोखिम र उदारतापूर्ण बाटो समाउने सहासिकता देखाउने वा “तिमी समक्ष हामीले आत्मसमर्पण गर्छौं, तिम्रो निगाहमा सन्तुष्ट भई निर्दिष्ट ठाउँमा बस्छौं, भन्नुको विकल्प देखिन्न ।

यस्तो अग्निपरिक्षाको घडीमा नै को कति जोखिम उठाउने साहसी छ, नेतृत्वको पहिचान गर्ने हो आम जनताले । उदाहरणका लागि ने.का.लाई आफ्नो परिवारको विर्ता ठान्ने र मान्ने गिरिजालाई चुनौती दिएर नै शेरबहादुर “शेर बहादुर” भएका थिए । त्यस्तो ह्याउहुति नहुने, रुन्चेहरु सधैं अरुको दया, कृपाको भिखारी भएर हिड्नु परेको जीवन्त साक्ष्य आफ्नै अगाडि छ । यसैले आफ्नो अस्तित्व, अस्मिता मात्रै नभई आजसम्मको इतिहास र पहिचानलाई जीवन्त नै राख्ने हो भने “ईखमा वीख खाने” कि जीवनको उत्तराद्र्धमा “अशक्तानां वलं” धैर्य को पलायनवादी वाटो अँगाल्ने ? अथवा साँढेको पछि पछि दौडिने स्यालको कथालाई चरितार्थ गर्ने ? यसबेला ने.क.पा.का भित्रका नेतृत्व समक्ष कठिनतम पक्ष प्रश्न तेर्सिएको देखिन्छ, अब “गर या मर”को दुई विकल्पमध्ये कसले कुन रोज्छ ? उसको भाग्य भविष्य यसै अग्निपरिक्षाले निर्धारण गर्नेछ भन्ने लाग्छ । तर प्रतिद्वन्द्वीको फुटाउ र राज गर नीतिबाट होशियार हुन नसके “गइल भैंस दलदले मै हुनेछ” सबै सिद्धिने छन् । चेतना भया ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.