जापान

फुकुओका महावाणिज्यदूत किमितो युइचिरोले बुधवारबाट कार्यभार सम्हाल्ने

वाणिज्य दूत किमितो युइचिरो

जापानको क्यूशु फुकुओकामा नेपालको वाणिज्य दूताबास स्थापना भएको छ । दूताबासको भोलि (नोभेम्बर ११, बुधबार) एक समारोहकाबीच उद्घाटन हुने भएको छ ।

फुकुओकामामा विगतमा वाणिज्य दूताबास रहे पनि दुई वर्षयता बन्द रहेको थियो । एक तथ्यांक अनुसार क्यूशुमा ७ हजारभन्दा बढी नेपालीको बसोबास छ।

फुकुओकामा नेपाली विद्यार्थीहरु बढी मात्रामा रहेकाले उनीहरुका समस्या तत्काल हल गर्ने उद्देश्यले सहित नेपाली तथा जापानीहरूका लागि विविध सहयोग र सहकार्यका लागि वाणिज्यदूताबास स्थापना गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

नवस्थापित वाणिज्य दूतावासका लागि नेपाल सरकारले किमितो युइचिरोलाई नियुक्त गरी गत अक्टोबर २० बाट हाकाता एकी हिगासीमा दूतावासको कार्यालय स्थापना भैसकेको र यसको उद्घाटन भोलि अर्थात् नोभेम्बर ११ मा हुनेछ।

निहोन सेइमेइ सोगो कम्पनीमा कार्यरत कोनाका विश्वविद्यालयबाट स्नातक किमितो युइचिरो वाणिज्य दूतको अनुभव संगालेका व्यक्तित्व हुनुहुन्छ । उहाँले यसअघि ब्राजिलमा कम्पनी प्रबद्र्धन, निर्माण, खाद्य, खुद्रा व्यापार लगायतको अनुभव संगाल्नु भएको छ ।

वाणिज्य दूतावासका सचिव दीपक देवकोटाका अनुसार ११ नोभेम्बरमा होटल न्यू ओतानी फुकुओकाको चौथो तलामा दिउँसो २ बजेबाट दूतावास उद्घाटन कार्यक्रम सुरु हुनेछ ।

सम्बन्धित खबर

Back to top button