प्रदेशमधेश

मुख्यमन्त्री नियुक्तिको विरोधमा ७४ सांसदको हस्ताक्षरसहित रिट निवेदन दिने सात दलको निर्णय

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर विरोधमा उत्रिएका सात राजनीतिक दलले सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको सात दलको बैठकले यस्तो निर्णय गरको हो ।

बैठकले प्रदेशसभाको बहुमतलाई बेवास्ता गर्दै संविधानविपरीत मुख्यमन्त्री नियुक्ति भएको विरोधमा बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दिने निर्णय भएको कांग्रेसका मधेश सभापति एवम् संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।

सात दलका बहुमत ७४ जना सांसदको हस्ताक्षरसहित अदालत जाने तयारी भएको उहाँले बताउनुभयो । तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि आइतबार संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले माग गरेका थिए।

तर प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले मुख्यमन्त्रीबाट सोनलले राजीनामा दिएपछि उपचारका लागि भन्दै निस्कनुभएकी प्रदेश प्रमुख सुवेदीले बर्दिबास नगरपालिका–३ स्थित पानस होटेलमा सोमबार बिहानै संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रुपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्ति र शपथ गराउनु भएको थियो ।

यादव मुख्यमन्त्रीमा नियुक्त भएपछि सात दलका नेता तथा कार्यकर्ताहरू विरोधमा उत्रिएका हुन् । त्यस्तै मधेस प्रदेशमा यादवलाई मुख्यमन्त्री नियुक्ति गरेको भन्दै मुख्यमन्त्री कार्यालयमा मधेसका सात दलका नेता र कार्यकर्ताले तोडफोड गरेका छन् ।

त्यस्तै उनीहरुले नवनियुक्त मुख्यमन्त्री यादवविरुद्ध नाराबाजी गर्दै उहाँआउने जानकारी पाएपछि उहाँलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका थिए ।

त्यस्तै कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयसहित प्रदेशका अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.