जल/वातावरण

कोरोना निको भएकाहरुमा मानसिक समस्यासंगै बिर्सने रोग हुने सम्भावना अधिक

विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमित भएकाहरु भाइरसबाट पूर्णतः मुक्त भए पनि धेरैजसोमा मानसिक समस्या हुनसक्ने देखिएको छ । त्यस्तै उनीहरुमा बिर्सने रोग हुने सम्भावना पनि अधिक रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

कोरोना निको भएकाहरुमा गरिएको अध्ययन निष्कर्ष सार्वजनिक गर्दै लान्सेट साइकियाट्री जर्नलमा सोमबार सो तथ्य प्रकाशित भएको हो । रिपोर्ट अनुसार ६ करोड ९० लाख मानिसको विद्युतीय स्वास्थ्य रेकर्डको अध्ययन गरिएको थियो। त्यसमध्ये ६२ हजार जना कोरोनाबाट निको भएकाहरू थिए । कोरोना संक्रमण निको भएको तीन महिनाभित्र पाँच जनामध्ये १ जनाले पहिलो पटक एन्जाइटी, डिप्रेसन र अनिद्राको उपचार गरेको बताएका छन् ।

कोरोना संक्रमणको ९० दिनभित्र २० प्रतिशत संक्रमितले विभिन्न खालका मानसिक रोगको उपचार गरेकाले अरूमा पनि यस्तो समस्या हुन सक्ने मनोविद्हरूले बताएका छन् । चिट्चिटाहट, डिप्रेसन, अनिद्रा मानसिक समस्याका प्रमुख लक्षण हुन् भने बिर्सने रोग हुने सम्भावना पनि अधिक रहेको देखाएको छ।

अध्ययनमा संलग्न बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा मनोचिकित्साका प्राध्यापक पउल ह्यारिसनकका अनुसार मानिसहरूले कोरोनाबाट निको भएकाहरूमा मानसिक समस्या हुन्छ भन्ने चिन्ता जनाइरहेका बेला अध्ययनको निष्कर्षले पनि त्यस्तै देखाएको छ ।

ह्यारिसको भनाइअनुसार संसारभरका डाक्टर र वैज्ञानिकहरूले कोभिडपछि देखिने मानसिक समस्याको कारण र त्यसको उपचारमा तत्कालै अनुसन्धान थाल्नुपर्ने छ ।

ह्यारिसनका अनुसार कोरोना निको भएकाहरुमा मानसिक समस्या देखिनुका पछाडि दुई कारण कारण हुनसक्छ । भाइरसले केही गरी सोझै दिमाग र प्रतिरक्षा प्रणालीमा असर पारेको हुनसक्छ, जुन पछि मानसिक समस्याका रूपमा विकास हुन्छ । योभन्दा पनि महत्वपूर्ण कुरा कोरोना हुँदाको अनुभव हुन सक्छ ।

उक्त अध्ययनमा संलग्न नभएका मानसिक स्वास्थ्य विज्ञहरूले पनि यो अध्ययनले पत्ता लगाएका कुराले कोभिड मस्तिष्कमा असर पार्न सक्छ र मानसिक समस्या निम्त्याउन सक्छ भन्ने कुरामा प्रमाण थपेको भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.