विना भेदभाव जनताको काम गर्न सांसद भट्टराईको निर्देशन
प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईको कास्की निर्वाचन क्षेत्र नं. २ मा संचालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण कार्य जारी रहेको छ । भट्टराईले आफ्नो निर्बाचान क्षेत्रमा संघीय, प्रदेश तथा स्थानिय सरकारबाट संचालित आयोजनाको अनुगमन गरिरहनुभएको छ ।
सो क्रममा भट्टराईले संचालित योजनाका कार्यप्रगति र गुणस्तरको अनुगमन गर्दै स्थानिय अगुवा, समाजसेवी, उपभोक्ता र जनताहरुसंग साक्षात्कार समेत गर्नुभएको छ ।
यसबीच उहाँले बुधबार पोखरा ३३ भरत पोखरी पुगेर निर्माणाधीन चिसापानी, सिँगारेबास, टक्सार सडकको अबलोकन गर्नुभयो । उक्त सडक अन्तर्गत गैह्रागाउ जामुनावोट सडक खण्ड संघीय सरकारको दुई करोडको लागतमा ढलान र कालोपत्रेको काम भइरहेको छ ।
निर्माणाधीन सडकको अनुगमन गर्दै भट्टराईले कास्कीको दक्षिणी भेग सहित तनहुँ र स्याङ्जाका जनतालाई समेत सहज हुने सो सडक समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिदै निर्माण कम्पनीलाई सोही अनुसार कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।
त्यस क्रममा उहाँले स्थानीय उपभोक्ताका समस्यालाई प्राथमिकता राखेर सोही अनुसार सम्बोधन गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्दै विकास निर्माणका कार्य वातावरण मैत्री हुनुपर्ने र सोका लागि कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिनुभयो ।
भट्टराईले आफ्नो क्षेत्रमा संचालित अन्य आयोजनाहरुको अनुगमन जारी राख्ने जनाइएको छ । यसअघि भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघीय सरकारद्वारा संचालित आयोजनाहरू मातृशिशु अस्पताल हुँदै भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिक मार्ग देउराली सडक लगायतका आयोजनहरु अवलोकन गरेको उहाँको सचिबालयले जनाएको छ ।