राजनीति

जनगणना सफल बनाउन ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गर्नुभएको हो ।

उहाँले आज जारी गर्नुभएको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.