राजनीति

सर्वोच्च परिसरमै प्रधान न्यायाधीशबिरुद्ध चर्को नारा : प्रहरी हस्तक्षेप, केही घाइते

आज सर्वोच्च अदालत परिसरमा वकिलहरुमाथि प्रहरी हस्तक्षेप भयो । अदालतभित्र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको मागसहित भइरहेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही वकिल घाइते समेत भएका छन् ।

सर्वोच्च अदालत परिसरमा बिचौलियाका नाइके प्रधान न्यायाधीशलाई पदमुक्त गर भन्दै नारावाजी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको र माइक खोसेका थिए ।

प्रहरीसँगको धक्कामुक्कीमा नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेल, बारका उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमन कर्ण र उच्च अदालत बार एसोसियसनका सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएको समाचार छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायीक रुपमा विचलित भएको भन्दै त्यसको विरोधका कात्तिक पहिलो सातादेखि वकिलहरू आन्दोलित छन् । नेपाल बार एसोसिएसनको ब्यानरमा चलिरहेको दैनिक धर्ना र कोणसभामा बिहीबार भने तनावको अवस्था सिर्जना भएको हो ।

यसअघिका दिनमाहरूमा वकिलहरूले नेपाल बार एसोसिएसनको प्रांगणमा बसेर मर्यादित ढंगले राणाको सम्मानजनक बहिर्गमनका लागि आग्रह गर्दै आएका थिए । तर, प्रधानन्यायाधीश राणा जबरजस्ती रुपमा अघि बढ्न खोजेपछि उनीहरु सर्वोच्च परिसरमै पुगेर चर्को नारा गाउन थालेका छन् ।

यो घटना इतिहासम सम्भवतः पहिलोपटक भएको हो । वकिलहरूले सर्वोच्च अदालत परिसरभित्रै “भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ”, “विचौलियाका नाइके राजीनामा देऊ”, “गुन्डाका नाइके राजीनामा देऊ”, भन्ने चर्को नाराबाजी गरे भने सर्वोच्च प्रशासनको आदेशमा बर्दीधारी प्रहरीले धक्कामुक्की गरे ।

प्रहरी हस्तक्षेपछि वकिलहरूको आक्रोश अरु चुलिएको छ । सर्वोच्च परिसरमै वकिलहरुले सम्बोधन गर्दै अब पनि राजीनामा नदिने हो भने प्रधानन्यायाधीश जबरालाई घोक्रेठ्याक लगाएर निकाल्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.