राजनीति

‘विप्लव’ नेकपाद्वारा नेपाल बन्दसहित चरणबद्ध आन्दोलनको घोषणा

सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेपछि यसका बिरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

नेकपाका महासचिव विप्लवले प्रेस वक्तव्यमार्फत् आन्दोलनको जानकारी दिंदै आजदेखिका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

आन्दोलन अन्तर्गत २५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी प्रदर्शन हुने भएको छ ।

त्यस्तै २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ कात्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button