एन आर एन न्युज

अध्यक्ष थापा सुदूरपश्चिममा : राजनीतिक भेटघाटदेखि मुक्त कमैयासंग अन्तरक्रियासम्म

गैरआवासीय नेपाली संघ (एनआरएनकी कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशमाा विविध गतिविधिमा सक्रिय हुनुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीदेखिख मुक्त कमैया बालबालिकासंग अन्तरक्रिया गर्नुभएको छ ।

थापासंगको भेटमा मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउनु भयो । उहाँले गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउनु भयो ।

विहिवार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनहरु इच्छुक रहेको बताउनु भयो ।

यसैबीच, अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसंग समेत भेटघाट गर्नु भएको छ । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति रहेको थियो ।

यसै गरी थापाले धनगढीमा रहेका कमौया मुक्त बालबालिका समस्याका बारेमा छलफल गर्नुभयो । साथै कार्यकारी अध्यक्षले कन्चनपुरमा रहेको जनभावना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग भेटघाट गरेकी हुन् ।

भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा बिभिन्न समस्या रहेको बताउनु भयो । उहाँले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिनुभयो ।

विहिवार भएको विद्यालय भ्रमणको क्रममा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघले मुख्य रुपमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेर गतिविधि संचालन गरेको बताउनुभयो । थापाले आगामी दिन बालबालिकाको शिक्षाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.