अभिनेता धर्मेन्द्रको मृत्युको खबर फैलिएपछि छोरी इशाको कडा आपत्ति
हिन्दी चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको मृत्युको खबर फैलिरहेको बेला उहाँकी छोरी तथा अभिनेत्री ईशा देओलले आफ्ना पिताको मृत्यु नभएको बताउनुभएको ।
इशाले सामाजिकमार्फत सेयर गर्दै गलत समाचार नफैलाउन आग्रह गर्दै उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र अस्पतालका डाक्टरहरूको नजिकको निगरानीमा बताउनुभयो ।
ईशाले आफ्नो इन्स्टाग्राममा आफ्नो बुबा धर्मेन्द्रको स्वास्थ्यको बारेमा लेख्नुभएको छ, ूमिडिया अत्यधिक सक्रिय भएको छ र गलत समाचार फैलाइरहेको छ। मेरो बुबा स्थिर हुनुहुन्छ र निको भइरहनुभएको छ। म सबैलाई हाम्रो परिवारलाई केही गोपनीयता दिन अनुरोध गर्दछु। बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद।ू
श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उहाँ अक्टोबर ३१ देखि अस्पतालमा भर्ना हुनुभएको छ । सोमबारदेखि उहाँलाई भेन्टिलेटरमा राखिएको छ ।





प्रतिक्रिया राख्नुहोस्