जन सरोकार

झिसमिसेमै कलंकीमा दुर्घटना : तीनजनाको मृत्यु

बिहीबार विहान झिसमिसेमै काठमाडौंको कलंकीमा भएको सडक दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । समाचार अनुसार कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि बिहीबार बिहान करिब ३ः३५ मा दुर्घटना भएको हो ।

बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी मकालु पेट्रोल पम्पअगाडि सडकमा रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकसँग ठक्कर खाएको थियो।

घाइतेहरूलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लगिएकोमा तीन जनाको निधन भएको र एक जना सामान्य घाइते रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपील बोहराले जानकारी दिनुभयो ।

दुर्घटनामा परेका नुवाकोट सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षिय रोशन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिका घर भएका ३७ वर्षका माधव घिमिरे र तारकेश्वरकै २७ वर्षिय भूपेन्द्र तामाङको मृत्यु भएको छ भने नुवाकोट तारकेश्वरका २२ वर्षिय बिजय तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.